हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने प्रणाल नेपालको तराईनजिक अवस्थित रहेको छ ।सोमबार बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका पनि तराईका भूभागमा पानी परिरहेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ ।साथै सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।