लागु औषधसहित  चार जना पक्राउ

बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर छन् ।उनीहरुलाई प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद भएको छ ।