रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँमा दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए।घटनामा एक जना युवा घाइते भएका छन् ।
नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।