(नेपाल क्राईम) नेपाल आयल निगम लिमिटेडले बुधबार रातीबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ ।इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।