रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको चट्याङ लागेर मृत्यु भएको हो । घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस भएकी थिइन् ।तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।