पशुपति क्षेत्र विकास कोषका सुरक्षागार्ड सुत्ने घरमा जुवा खेल्ने सात जना पक्राउ

पशुपति क्षेत्र विकास कोषका सुरक्षागार्ड सुत्ने घरमा जुवा खेल्ने सात जना पक्राउ परेका छन्।

शनिबार अपराह्न काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषको अमालकोटको सुरक्षागार्ड सुत्ने घरबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनीहरूबाट प्रहरीले एक लाख ७ हजार ९१५ रूपैयाँ बरामद गरेको छ।