हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
पछिल्लो तीन घन्टामा हेटौंडामा ४५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै भरतपुरमा ३१.८ मिलिमिटर, रामपुरमा ३१ मिलिमिटर, तनहुँमा २१ मिलिमिटर, धनुषामा २६ मिलिमिटर वर्षा मापन भएको छ।
सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।