गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी बढेको गुनासो गरेपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डिएसपी तानिएका छन्।
वैशाख ३१ गते कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी ३० दिन भित्र नियन्त्रण लिन निर्देशन दिएका थिए।
उनले तस्करी बढेको भन्दै असन्तुष्टि जनाएपछि सशस्त्र प्रहरी बलले रानी नाकाका सशस्त्र प्रहरी बलका डिएसपी ऋषिकेश राउतलाई तानेको हो।
उनको सन्तोषजनक काम नदेखिएकाले अर्कै डिएसपीलाई पठाएको नं. १ बराह बाहिनीका प्रमुख डिआइजी कुमार न्यौपानेले जानकारी दिए ।