सरकारले यहि मंसिर अन्तिम सातादेखि सेना परिचालन गर्ने भएको छ । देशमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै सरकारले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको माहोल तयार पार्न तीन महिनाअघि सेना परिचालन गर्न लागेको हो ।आसन्न निर्वाचनको प्रयोजनार्थ सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरिसकेका छन् । त्यसकारण सरकारले यही मंसिरको अन्तिम साताबाट सेना परिचानको तयारी गरेको हो ।