पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
कावासोती डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७७७६ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । बसमा सवार २५ जनामध्ये १३ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।