सुनको मूर्ति भनेर २१ लाख ठगी

सुनको मूर्ति भनेर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

२१ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल छन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनले बुद्धको मूर्तिलाई सुनको भनेर दुई जनालाई बेचेको खुलेको छ।