प्रहरीको नक्कली परिचय दिँदै सर्वसाधारणसँग रकम असुल गरेको आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१२ बस्ने २५ वर्षीय धन कुमार थारु छन्। उनले विराटनगर–१६ स्थित रानी–जोगबनी सडकखण्डमा आफूलाई प्रहरी हुँ भनी डर त्रास देखाएर सर्वसाधारणसँग रकम असुल गर्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।