लागुऔषध कारोबारीलाई पक्राउ गर्न  दुई राउण्ड हवाई फायर

सप्तरीमा एक लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले आइतबार बिहान सप्तरीस्थित बडिबिरपुरमा लागुऔषध कारोबारी नियन्त्रणमा लिने क्रममा कारोबारी भाग्न खोजेपछि हवाई फायर गर्नुपरेको ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।ब्युरोका सई बालकृष्ण सन्जेल नेतृत्वको टिमले आरोपीहरूको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।