कीर्ते गरेर नक्कली कागजात बनाउने तीन जना पक्राउ

कीर्ते गरेर नक्कली कागजात बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गोर्खा भिमसेनथापा गाउँपालिका वडा नम्बर नम्बर १ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ४६ वर्षिय अन्जनी बयलकोटी रहेकी छन् ।

त्यस्तै ओखलढुङ्गाको चम्पादेवी गाउापालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको बुढा निलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २८ वर्षिय निर्मल खड्का र मकवानपुरको कैलाश गाउापालिका वडा नम्बर २ छ्याङ्दुङ् घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेकी छन् ।काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित बधबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी प्रसाद आचार्यले जानकारी दिए ।