अवैध लागुऔषधसहित बागमतीबाट एक युवकलाई पक्राउ गरेको छ । बागमती नगरपालिका– ६, राधाकृष्ण मन्दिरनजिकैबाट लागुऔषधसहित सोही स्थान बस्ने २८ वर्षका जीवन घिसिङ पक्राउ परेका हुन् । प्रहरीका अनुसार बाँसघारीनजिकै बसिरहेका घिसिङलाई शंका लागेर चेक जाँच गर्न क्रममा उनको ब्यागबाट प्रहरीले ट्रामन– ५० लेखेको क्याप्सुल २१४ पिस, स्पास्मो क्याप्सुल २०० पिस र २५ ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले उनको साथबाट २५ सय ३० रुपैयाँ पैसा, एक थान मोबाइल र उनले प्रयोग गरेको बा प्र.०२–०३० प ५५७० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ । बरामद सामग्रीसहित घिसिङलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।