जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख एसपी सुधिरराह शाहीले पदभार ग्रहण गरेका छन् 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट बैशाख १५ गते सुर्खेत प्रहरी प्रमुखका रुपमा सरुवा भएर बुधबार सुर्खेत पुगेका एसपी शाहीलाई विमानस्थलमै स्वागत गरिएको थियो। 
पदभार ग्रहण गर्दै एसपी शाहीले समग्र सुर्खेत जिल्लाको शान्ति सुरक्षा,अपराध नियन्त्रण ,लागुऔषध नियन्त्रण लगायतका कार्यमा डटेर लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । एसपी शाही प्रहरी संगठनभित्र एक अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छ्न।