भारत–पाकिस्तान तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेपछि यी दुई देशबीच युद्धमा होमिएका छन् ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले गरेको घोषणाअनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’को नाममा जवाफी कारबाही सुरु गरेको जनाएको छ ।