धादिङमा दुर्घटना

(नेपाल क्राईम)

नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ।

शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।