डीआईजी पदका लागि बढुवा प्रक्रियाको तयारी तीव्र एक नम्बरमा एसएसपी ओम बहादुर राना

(नेपाल क्राईम)

नेपाल प्रहरीमा रिक्त १० डीआईजी पदका लागि बढुवा प्रक्रियाको तयारी तीव्र भइरहेको छ। एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने छ।

स्रोतका अनुसार कासमू एवं वरियता सूचीअनुसार डीआईजी बढुवा गर्ने गृहको तयारी छ।एक नम्बरमा एसएसपी ओम बहादुर राना, २ नम्बरमा, माधव प्रसाद श्रेष्ठ, ३ मा दिपेन्द्र घर्ति क्षेत्री, ४ मा दीपक रेग्मी, ५ मा दिलिप सिंह देउवा र क्रमशः विनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दीपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ, सञ्जिव शर्मा दास, शारदा प्रसाद चौधरी, विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, शेखर खनाल लगायत छन्।यस्तै सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, कृष्ण बहादुर पल्ली मगर र प्रज्वल महर्जन पनि प्रतिस्पर्धामा छन्।