(नेपाल क्राईम)
नेपाल प्रहरीको उच्च व्यवस्थापन तहमा देखिएको नेतृत्वहीनता एक महिनासम्म समाधान हुन सकेको छैन । सन् २०८१ चैत ४ गते आईजी र एआईजी तहका अधिकृतहरू अनिवार्य सेवा अवधिका कारण अवकाशमा गएपछि खाली रहेका ६ एआईजी पद अझैसम्म पुर्ती हुन सकेको छैन् ।प्रहरी सङ्गठनको ससंचालनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने मानव स्रोत विभाग, प्रशासन, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । यो अवस्था प्रहरी सङ्गठनको क्षमता र कार्यसम्पादनमा प्रत्यक्ष असर पारिरहेको छ ।