भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेपछि तनाव

भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेपछि तनाव चुलिएको छ । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको हो ।

(250508) — MURIDKE, May 8, 2025 (Xinhua) — This photo taken with mobile phone shows fragments of Indian missiles displayed near damaged buildings in Muridke, a town near Lahore, Pakistan on May 7, 2025. Twenty-six people, including women and children, were killed and 46 others injured when India attacked civilian settlements in six areas of Pakistan on Tuesday night and Wednesday morning, a spokesperson for the Pakistani army’s media wing said. (Xinhua/Jamil Bhatti)

पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ । ‘अहिलेसम्म आक्रमणमा ३१ जना निर्दोष नागरिक मारिएका छन्’, पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीले भने । यसअघि बुधबार ३० जनाको मृत्यु भएको बताइएको थियो ।