वडाअध्यक्ष देवकृष्ण पराजुली पक्राउ

पोखरा महानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।

पोखरा-४ कै एक व्यवसायीले उनीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । लामाचौरबाट पक्राउ परेको पराजुलीलाई जिप्रका ल्याइएको छ ।

वडाअध्यक्ष पराजुलीले मंगलबार बिहान करिब पौने बजेतिर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

आफ्नो वडामा कर्मचारी नभएकै कारण काम प्रभावित भएको भन्दै वडाध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा समेत लेख्दै आएका थिए !