सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सुरक्षाका लागि थप चार सय २५ वटा बोर्डर आउट पोस्ट बिओपी स्थापना गर्न प्रस्ताव

(नेपाल क्राईम)

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सुरक्षाका लागि थप चार सय २५ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न प्रस्ताव राखेको छ।

सीमा क्षेत्रबाट हुने चोरी, तस्करी र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी परिचालन हुँदै आएको छ। सशस्त्र प्रहरी बलले स्थापना दिवसका अवसरमा सरकारसँग थप चार सय २५ बिओपी थप्न प्रस्ताव गरेको हो। हाल सशस्त्र प्रहरीका दुई सय ५४ वटा बिओपी छन्।

चीन र भारतसँग जोडिएका सीमा नाकाबाट हुने चोरी, तस्करी र अपराध नियन्त्रणका लागि बिओपी थप्नुपर्ने सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि थप चार सय २५ वटा बिओपी थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको स्थापना दिवसका अवसरमा सार्वजनिक गरेको हो।