लागूऔषधसहित एक जना पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिका–३ बाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ट्रामाडोल ६७ ट्याब्लेटसहित सोही गाउँपालिकाको वडा-२ का २० वर्षीय युनिश विक पक्राउ परेका हुन् ।अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।