(नेपाल क्राईम)
रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भई शंखरापुर नगरपालिका–९ स्थित सानागाउँ बस्ने पुतली तामाङको खुकुरी प्रहार गरी हत्या भएको हो ।
मृतकका श्रीमान् पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।