राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आज/भोलिमै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बताए ।

साँझ ५ बजे बोर्डको बैठक डाकिएको छ । सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्न सक्नेछ । आज नभए भोलि (मंगलबार) सम्म नतिजा सार्वजनिक गर्ने अर्यालले बताए । आइतबार पनि बोर्डको बैठक बसेर सदस्यहरुलाई नतिजा प्रकाशनबारे ब्रिफिङ गरिएको थियो ।