जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

(नेपाल क्राईम)

तानसेनबाट खानीछाप गइरहेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका–४, बेलडाँडामा दुर्घटना हुँदा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।