छुटे धवल शमशेर राणा

(नेपाल क्राईम)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।

आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको उनले बताए।