(नेपाल क्राईम)
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । गृह मन्त्रालयले आइतबार सीडीओ हेरफेर गरेको हो । मन्त्रालय मातह गरेका तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाएको छ ।
गृहमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पठाइएको छ । तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ ।त्यस्तै, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ ।