जीपबाट खसेर एक जनाको मृत्यु

(नेपाल क्राईम)

डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुप प्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खस्दा ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।