(नेपाल क्राईम) प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका– १० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जानकारी दिए ।अस्पतालका अनुसार शरीरमा अक्सिजनको कमी देखिएपछि अस्पताल भर्ना हुनुपर्ने बताए पनि उनले उनले मानेका थिएनन् ।चेकजाँच पछि सल्लेरी फर्किएका विश्वकर्मालाई सोमबार बिहान ६ बजेतिर साथीहरूले एम्बुलेन्समा लिएर अस्पताल पुगेका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।