सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षका कमल कार्की र दैलेखको दुल्लु नगरपालिका – ६ घर भई वीरेन्द्रनगर नगरपालिका – ३ बस्ने २१ वर्षका ध्वनिल मल्ल छन् । उनीहरूलाई २४३ ट्याब्लेट नाईट्राजेपामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।