म्यानमारमा शक्तिशाली भूकम्प,

म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । जसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ। भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार बिहान ११:५० बजे ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएस जिओलोजिकल सर्वे (USGS) ले भूकम्पको तीव्रता ७.७ रहेको जनाएको छ ।