बैतडीमा  भूकम्पको धक्का

बैतडीमा  बिहीबार राति १ बजेर ४८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

मध्यरात भूकम्प गएकाले मानिसहरू घरबाहिर निस्किएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको र जनजीवन सामान्य रहेको प्रजिअ उपाध्यायले जानकारी दिए।