भैरहवा  विमानस्थल बाट लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ

(नेपाल क्राईम)

भैरहवा  विमानस्थल बाट लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको केरलाका ३५ वर्षीय रथिसकुमार चम्बुकारा गान्धी रहेका छन । थाइल्यान्डको बैंककबाट भैरहवा आएको एयर एसियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २००  ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको हो ।प्रहरीका अनुसार बरामद गाँजा १२ थान प्याकेटमा प्याक गरेर ल्याइएको थियो ।गाँजासहित पक्राउ परेको भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।