(नेपाल क्राईम)
सिनामंगलबाट दुई जना लागुऔषध पोल्यान्डसहित पक्राउ परेका छन्।
बिहीबार दिउँसो काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट करिब ७ किलोग्राम पोल्यान्ड नामक लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।खोटाङको लामिडाँडा–७ घर भई काठमाडौं–३१ गौशाला बस्ने २१ वर्षीय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई सिनामंगल बस्ने ४५ वर्षीय लक्ष्मी परियार पक्राउ परेका हुन्।