झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
आज दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए ।तर, उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
खड्काका अनुसार मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६२ वर्षीय सोनुलाल मुर्मु हुन् ।
मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।