सिडिओ गोगन बहादुर हमालले आफ्नो जिम्मेवारी सम्हाल्नासाथ भारतसँग सीमा जोडिएको गौरिफन्टा नाकाको अनुगमन

(नेपाल क्राईम)                                                       कैलालीका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगन बहादुर हमालले आफ्नो जिम्मेवारी सम्हाल्नासाथ भारतसँग सीमा जोडिएको गौरिफन्टा नाकाको अनुगमन गरेका छन्। शुक्रबार उनले जिल्ला प्रहरी, सेना, र सशस्त्र प्रहरीका प्रमुखहरूको टोलीसहित अनुगमन गरेका हुन्।सिडिओ हमालले अनुगमनपछि सीमा क्षेत्रका स्थानीयलाई सहजता पुर्‍याउने उद्देश्यले चेकपोस्ट व्यवस्थापनमा परिवर्तन गर्ने तयारी गरिरहेका छन्। गौरिफन्टा नाकानजिक नेपालतर्फ चेकजाँचका लागि छुट्टै चेकपोइन्ट स्थापना गर्ने योजना अघि बढाइएको छ। साथै, सीमा क्षेत्रमा रहेका अनावश्यक चेकपोस्टहरू घटाउने तयारी समेत गरिएको छ।गृह मन्त्रालयले हालै हमाललाई कैलालीमा सिडिओको जिम्मेवारी दिएर सरुवा गरेको हो। यसअघि कैलालीका सिडिओ रहेका धर्मेन्द्रकुमार मिश्रको सरुवा भएपछि हमाल नियुक्त भएका हुन्।