बालिकामाथि सामूहिक बलात्कार

दैलेखमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा १२ वर्षीया बालिका गाउँकै दुई युवाबाट बलात्कारमा परेकी हुन् ।तिजको नाँच हेरेर घर फर्किँदै गरेकी ति बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर लालबहादुर सुनारले जानकारी दिए ।उनका अनुसार साथीहरुसँग घर फर्किँदै गरेकी ति बालिकालाई गाउँकै २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीले लखेटीलखेटी बलात्कार गरेका थिए ।पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीलाई जाहेरी दिएपछि आरोपीतहरु दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।