(नेपाल क्राईम)
पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बल निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा दुई जना प्रतिवादी कारागार चलान भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार आत्महत्या दुरुत्साहन मुद्दामा तनहुँ भानु नगरपालिकास्थित सशस्त्रको नम्बर–२३, मनकामना गणमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र पोखरा–१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत् हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।