(नेपाल क्राईम)
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु निर्वाचन स्थगित भएको छ । ५ चैतमा निर्वाचन हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर, विद्यार्थीको तालाबन्दीका कारण तोकिएको समयमा चुनाव गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।