(नेपाल क्राईम)
१२ लाख रुपैयाँसहित पश्चिम नवलपरासीबाट दुई जना पक्राउ परेका छन् ।
दुई वटा भारतीय मोटरसाइकलमा आउँदै गरेका उनीहरूको साथबाट ६/६ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिए ।इन्स्पेक्टर थापाका अनुसार मोटरसाइकलमा सवार उनीहरूले हुन्डी कारोबारको रकम ल्याएको सूचना पाएपछि सदरमुकाम परासीको बाइपास रोडबाट उनीहरूलाई पक्राउ गरिएको हो ।