टयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

(नेपाल क्राईम)

बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा टयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका–४ खोलालका ३२ वर्षीय पदम रावतको आइतबार राति घटनास्थलमै मृत्यु भएको हो ।