झापाको धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते

(नेपाल क्राईम)

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस आज बिहान शिवसताक्षी नगरपालिका–१ धरमपुरमा आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेहरुमा गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, शर्मिला कोइराला, टंक सिवाकोटी, आन्सा फ्यादेन, सुमना लिम्बु, पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र शान्तिराम खतिवडा रहेका छन् ।उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।