पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काईमा दुई सवारीसाधन एकपासमा ठोक्किएर दुर्घटना हुँदा भ्यान चालकको मृत्यु भएको छ ।
कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालक शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बाँस्कोटाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा एकै घरका चार जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइतेहरु ४० वर्षीय पृथ्बीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साहको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।