(नेपाल क्राईम)
जिल्ला प्रहरी कार्यालय पर्वतले सुख्खा मौसममा सामुदायिक वनमा आगो लगाउने दुई युवालाई पक्राउ गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुश्मा–१४ बगाल थोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल रहेका छन् ।