(नेपाल क्राईम)
नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।
दुर्लभ कुमार थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नवीन पहलहरू भए। उनले पर्यटक प्रहरीको स्थापना, कमाण्डो तालिमको सुरुवात, प्रहरी पहरा गणको गठन, र महानिरीक्षकको निवास निर्माण जस्ता उल्लेखनीय कार्यहरू गरे। यी पहलहरूले नेपाल प्रहरीको व्यावसायिकता र प्रभावकारिता बढाउन महत्त्वपूर्ण योगदान पुर्यायो।
वि.सं. २०२४ मा प्रहरी उपरीक्षक (एसपी) को रूपमा उनले जापानको क्योटोमा आयोजित इन्टरपोलको ३६औँ महासभामा नेपाल प्रहरीको प्रतिनिधित्व गरेका थिए, !