सुनसहित दुई भारतीय नागरिक पक्राउ

(नेपाल क्राईम)

सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको हो ।