(नेपाल क्राईम) इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना दुबईमा पक्राउ गरी तीनै जनालाई बुधबार साँझ काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू हुन् । ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यस्तै जबरजस्ती करणी मुद्दामा फरार रहेका रोमन कार्कीलाई पनि पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।