कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द हुने

कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडान गर्न लागिएकाले उक्त सडक चार दिन बन्द गर्न लागिएको जानकारी दिएको हो ।